शेयर बजार २ हजार ७ सय ५५ विन्दुमा, ११ अर्ब ५४ करोड रुपैयाँक...
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ – वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर सीताराम चोक नजिकैबाट एक सय ६० किलो लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा गएराति प्रहरीको विशेष टोलीले परवानीपुरबाट ड्राइपोर्टतर्फ आउँदै गरेको ना ३ ख ४२१२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा एक सय ६० किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका–७ कमानेका ट्रक चालक तथा गाडीधनी ४४ वर्षीय कृष्ण घलान र चितवनकाे राप्ती नगरपालिका–३ का २० वर्षीय रोनाल विश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किहोर लम्सालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।