चितवनको सौराहामा चलिरहेको हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन

 पुष १५, २०८१ सोमबार ८:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको सौराहामा चलिरहेको हात्ती तथा पर्यटन महोत्सव आज सकिँदैछ । इस्वी संवतको नयाँ वर्ष २०२५ र क्रिसमसको अवसर पारेर गएको बिहीवारदेखि बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव शुरू भएको हो ।

हरेक वर्ष आयोजना हुने महोत्सवले सौराहामा आन्तरिक तथा वाह्य पर्यटक आगमन बढ्ने आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ ।

महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, स्थानीय भेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रदर्शनी भएको छ ।

आयोजकका अनुसार हात्ती महोत्सवमा निजी तथा सरकारी गरी झण्डै ५० वटा हात्ती सहभागी छन् । 
 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया