पहाडी भेगमा आंशिक बदली, तराईका थोरै ठाउँहरुमा हुस्सु

 पुष १५, २०८१ सोमबार ७:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानपख पहाडी भेगहरुमा आंशिक बदली रहेको छ भने तराई र उपत्यकाका थोरै ठाउँहरुमा हुस्सु लागेको छ । दिउँसो र राति सबै ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको तीन दिन पानी पर्ने सम्भावना छैन ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही ठाउँहरुमा हुस्सु लाग्नुका साथै तराईका केही ठाउँहरुमा कुहिरो लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु अपनाउन महाशाखाले आग्रह गरेको छ ।
 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया