पानीले बेर्ना कुहिएपछि बाँकेकाे हिरिमिनियाका किसानले दोस्रो पटक आलु रोपे

 पुष २, २०८१ मंगलबार १७:५९:३९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी वर्षाले आलुको बेर्नामा क्षति पुर्‍याएपछि किसानले दोस्रो पटक रोपेका छन् ।

गएको कात्तिक तेस्रो हप्ताको बेमौसमी वर्षाले आलुमा क्षति पुर्‍याएको थियो । दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो शुरू भएसँगै आलुलाई ‘पाला’ ले असर गर्ने अनुमान किसानको छ ।

कालाबञ्जरका नरेन्द्र कुम्हारले दुई लाख रुपैयाँ खर्च गरेर फेरि आलु रोपेको बताउनुभयो । पहिले आलु रोप्दा तीन लाख रुपैयाँभन्दा धेरै खर्च भएको उहाँले सुनाउनुभयो । आफन्तसँग सापट र ऋण मागेर आलु रोपेको किसान कुम्हारको भनाइ छ । यस्तै रमेश मौर्यले पहिले रोपेको आलु बेमौसमी वर्षाका कारण नउम्रिएपछि सहकारीबाट ऋण लिएर फेरि रोपेको बताउनुभयो ।

हिरमिनिया आलुको पकेट क्षेत्र मानिन्छ । यहाँका सबै किसानले आलुखेती गर्छन् । बेमौसमी वर्षाले आलु बारी डुवान भएको थियो । तीन दिनसम्म डुबानमा परेपछि आलुको बीउ सबै कुहिएको थियो ।

जेनेरेटर लगाएर पानी फालेका किसानले बेर्ना उम्रिने आशा गरेका थिए । केही किसानको थोरै बेर्ना उम्रिए पनि धेरैजसोको उम्रिएन । आलु फेरि रोप्न पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुरलगायतका तरकारी लगाएका छन् ।

डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले किसानले लगाएको आलुको क्षतिपूर्तिको माग गरेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया