पालिकामा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकेको एक अध्ययन प्रतिवेदनको निष्कर्ष

 पुष २, २०८१ मंगलबार ६:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिम नेपालमा हालै गरिएको एक अध्ययनले पालिकामा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकेको देखाएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा हिजो सार्वजनिक अध्ययन प्रतिवेदनले पालिकालाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोत, साधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यकता समेत औँल्याएको छ ।

‘आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य लेखाजोखा अध्ययन प्रतिवेदन’ को निष्कर्षबारे प्राधिकरणको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीले विपद् व्यवस्थापन संस्थागत भएको छ, कि छैन भनेर अध्ययन भएको बताउनुभयो ।

यसले पालिकामा विपद् व्यवस्थापनको कार्य संस्थागत हुन नसकेको देखाएको र कतिपय तहमाबाहेक धेरैमा विपद्को मापदण्डभन्दा तल रहेको अवस्था देखाएको छ ।

सहसचिव सुवेदीले ठूलो विपद् भएको अवस्थामा पालिकाले तत्कालै प्रतिकार्य गर्न नसक्ने अवस्था देखिएको जानकारी दिँदै सबै हिसाबले क्षमता विकास गर्न आवश्यक देखिएको बताउनुभयो । उहाँले विपद् व्यवस्थापन कोषको रकम प्रशासनिकलगायतमा बढी खर्च हुने गरेको समेत पाइएको बताउनुभयो ।

पालिकामा उपकरणसहित दक्ष जनशक्तिको अभाव रहेको पाइएको उहाँको भनाइ छ । प्राधिकरणको नेतृत्वमा विभिन्न सहयोगी सङ्घसंस्थाको सहभागितामा भूकम्पको पूर्वतयारी, प्रतिकार्य र सिकाइको विषयमा केन्द्रित भएर अध्ययन गरिएको थियो ।

सुदूरपश्चिमको डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम र जाजरकोट गरी पाँच जिल्लाका २८ वटा पालिकामा यो अध्ययन गरिएको थियो ।

कानूनले पालिकालाई विपद्को पहिलो र प्रमुख रेस्पोन्स गर्ने निकायका रुपमा भूमिका दिएको छ । तर त्यही पालिका कमजोर हुँदा विपद् प्रतिकार्य नै कमजोर हुने र त्यसले विपदबाट  क्षति बढ्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।     

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया