राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना दुई दशकमा पनि पूरा भएन

 मंसिर ११, २०८१ मंगलबार १५:५:० | रासस
unn.prixa.net

फाइल फाेटाे

बाँके – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना दुई दशकमा पनि पूरा हुन सकेको छैन । आयोजनासँग सम्बन्धित समस्या पालिकामा नै समाधान गर्न आग्रहसमेत गरिएको छ । नीतिगत समस्याका कारण आयोजना पूरा नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीयवासीले द्रूत गतिमा आयोजनाको काम हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका प्रतिनिधिसँगको छलफलमा स्थानीयवासी र सरोकारवालाले कानूनको परिधिभित्र रहेर आयोजनाका उल्झन टुङ्ग्याउनुपर्ने समितिका सदस्य ठाकुर गैरेले बताउनुभयो ।

राष्ट्रिय जल उपभोक्ता महासङ्घका अध्यक्ष शालिकराम डाँगीले सिक्टा सिँचाइ आयोजनाले पूर्णता पाउन अझै ४० वर्ष लाग्न सक्ने शङ्का व्यक्त गर्नुभयो । उहाँले गौरवको आयोजना भनिए पनि बाँकेका किसानको भावनाको कदर नभएको गुनासो गर्नुभयो । स्थानीयवासी भीम ओलीले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा नै त्रुटि रहेको भन्दै त्यसलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

दश वर्षभित्रै ३४ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने योजनाका साथ थालिएको सिक्टा आयोजना थप नौ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने योजना बनिसक्दा कार्यप्रगति भने निराशाजनक छ । आर्थिक वर्ष २०६२/०६३ मा बहुवर्षीय आयोजनका रूपमा सरकारले आफ्नै लगानीमा आयोजना शुरू गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया