नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले पुछारको साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ । साउथह्याम्पटनलाई उसकै घरेलु मैदानमा हराएसँगै लिभरपुलले लिगको अङ्क तालिकामा दूरी फराकिलो बनाएको छ ।
१२ खेल खेलेको लिभरपुलको ३१ अङ्क भएको छ । समान १२ खेल खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीको २३ अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको चेल्सीले १२ वटै खेलमा २२ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड र इपस्वीचले एक–एक गोलको बराबरी खेलेका छन् ।
१२ खेल खेलेको म्यानचेस्टर युनाईटेड चारमा जीत, चारमा बराबरी र चारमा हारसहित १६ अङ्कका साथ तालिकाको १२ औँ स्थानमा छ । १२ वटै खेलमा नौ अङ्क जोडेको इपस्वीच १८ औँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।