जुम्लाका ८ वटै पालिका साक्षर घोषणा

 मंसिर ८, २०८१ शनिबार १५:४७:१३ | रासस
unn.prixa.net

जुम्ला – जुम्लाका आठ वटै पालिका साक्षर घोषणा भएका छन् । साक्षरताका १२ सूचकमध्ये धेरैजसो सूचकहरू पूरा गरेपछि एउटा नगरपालिका र सात वटा गाउँपालिका सबैलाई साक्षर घोषणा गरेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।

गएको भदौ २१ गते हिमा गाउँपालिका पहिलो साक्षर पालिकाका रूपमा घोषणा भएको थियो । जिल्ला समन्वय समितिका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत र सबैभन्दा कम तिला गाउँपालिकामा ९५ दशमलव चार प्रतिशत नागरिक साक्षर छन् ।

साक्षरता पालिका घोषणा गर्न राष्ट्रभाषा वा मातृभाषाका वर्ण अक्षरको पढाइ तथा लेखाइ गर्न सक्ने, मूल्यसूची र बिल पढ्न सक्ने, परिवारको सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्ने, शून्यदेखि नौसम्मका अक्षर र अङ्क लेख्न र चिन्न सक्नेलगायत सूचकहरू पूरा भएपछि पालिकालाई साक्षर घोषणा गरिएको तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया