नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
हुम्ला – हुम्लाको दुई वटा गाउँका बासिन्दालाई गाउँपालिकाको कार्यालय पुग्न पैदल हिँडेर एक दिन लाग्ने गरेको छ । अहिले हुम्लाका धेरैजसो गाउँ सडक सञ्जालले जोडिएका छन् । तर ताँजाकोट गाउँपालिका वडा नम्बर–३ को मासपुर र चंखेली गाउँपालिका वडा नम्बर–५ को नेप्काका नागरिकलाई सास्ती भएको छ ।
यी दुई गाउँमा एक/एक वटा विद्यालय छन् । त्यहाँ सामुदायिक स्वास्थ्य इकाइ पनि छन् तर वडा कार्यालयदेखि गाउँपालिकाको कार्यालय पुग्न एक दिन र फर्कन एक दिन गरी दुई दिन लाग्ने गरेको छ । जन्म दर्तादेखि अन्य आवश्यक सिफारिश र कागजपत्र बनाउन गाउँपालिकाको केन्द्र नपुगी सुखै छैन ।
चंखेली गाउँपालिका वडा नम्बर–५ को डाँफे आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सुजता तामाङले अर्धवार्षिक परीक्षाको फारम भर्नका लागि फोटो खिच्ने काम गाउँमा नहुँदा सास्ती खेपेरै पालिकाको केन्द्र पुग्न बाध्य भएको गुनासो गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक बच्चुलाल चौधरीले विद्यालयमा फोटो खिच्ने स्रोतसाधन नभएका कारण गाउँपालिको केन्द्रमा पुगेर फोटो खिच्नुपर्ने बाध्यता भएको बताउनुभयो । यस्तै ताँजकोट–३ को मासपुरमा पनि उस्तै समस्या छ । एक दिनको पैदल हिँडेर सेवा लिनुपर्ने बाध्यता छ ।
गाउँपालिकाले बेला बेलामा घुम्ती शिविर चलाएर सेवा दिने गरेको छ । वडाबाट दिइने स्वास्थ्य, कृषि, पशुलगायतका सेवाका लागि वर्षको एक पटक घुम्ती शिविर चलाउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङ्कुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।