नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र नभई मध्यम दुरीको भएको दाबी गर्नुभएको छ । युक्रेनको निप्रो शहरमा हिजो गरेको आक्रमणबारे जवाफ दिँदै पुटिनले साढे दुईदेखि तीन किलोमिटर प्रति सेकेण्डको गतिमा चल्ने मध्ययम दुरीको अस्त्र भएको बताउनुभएको बीबीसीले जनाएको छ । यो नयाँ परिक्षण नभई परम्परागत अस्त्र रहेको पनि पुटिनको दाबी छ ।
यसअघि युक्रेनी राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा नयाँ अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको आरोप लगाउनुभएको थियो । तर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यो अस्त्र नयाँ डिजाइन गरिएको र आणविक हतियार बोक्न सक्षम रहेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले यो अस्त्रको चेतावनी अमेरिकासहित युक्रेनका सहयोगीहरुले बुझेको उहाँको भनाइ छ ।
रुसी राष्ट्रपती पुटिनले युक्रेनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशहरूका सैन्य संरचनामा पनि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ । यसैबीच उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) ले रुसले लामो दुरीको क्षेप्यास्त्र प्रहार गर्दैमा युक्रेनलाई गर्ने सहयोग परिवर्तन नहुने बताएको छ । नाटोका प्रवक्ता फराह दखलाल्लाहले रुसको चेतावनीकै कारण युक्रेनका सहयोगीहरू पछि नहट्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
यस्तै बेलायतका विदेश सचिव डेभिड लाम्मी र फ्रान्सका विदेश सचिव जीन–नोएल ब्यारोटले संयुक्त रुपमा प्रेस विज्ञप्ती निकालेर युक्रेनमा दीगो शान्ति स्थापना गर्न सबै किसिमका सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
यस्तै जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट युद्ध खतरनाक अवस्थामा पुगेको भन्दै आफूहरु नाटो र रुसी टकरावबाट जोगिनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ । यसैबीच रुसी आक्रमणको जोखिम भन्दै युक्रेनले आजको संसद् बैठक स्थगित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।