नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेष्ट शृङ्खलाअन्तर्गत पहिलो टेस्टको पहिलो पारीमा अस्ट्रेलिया ८३ रनले पछाडि रहेको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४/२५ को पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा सात विकेट गुमाएर ६७ रन बनाएको छ ।
एलेक्स क्यारी १९ रन बनाएर खेलिरहेका छन् र उनलाई छ रन बनाएका मिचेल स्टार्कले साथ दिइरहेका छन् । भारतका जसप्रित बुमरहले चार विकेट लिए । यस्तै मोहम्मद सिराजले दुई तथा हर्षित राणाले एक विकेट लिए ।
त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहिलो पारीमा एक सय ५० रनमै समेटियो । उसका डेब्यू खेलाडी नितिशकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए । ऋषभ पन्तले ३७ रन र केएल राहुलले २६ रनको योगदान दिए । यी तीनबाहेक ध्रुव जुरेलले मात्रै दोहोरो अङ्कको रन बनाए । उनले ११ रन बनाए । अष्ट्रेलियाका जोस हेजलवुडले चार विकेट लिए । त्यस्तै प्याट कमिन्स, मिचेल स्टार्क र मिचेल मार्सले समान दुई/दुई विकेट लिए ।
टेस्ट क्रिकेटको पहिलो दिन नै १७ विकेट गुमेको छ । यो टेस्टमा नितिशकुमार रेड्डी र हर्षित राणाले भारतीय टोलीका लागि डेब्यू गरेका छन् । पहिलो खेलमा रोहित शर्मा अनुपस्थित छन् । त्यस्तै अष्ट्रेलियाका लागि नाथन म्याकस्विनीले डेब्यू गरेका छन् ।
यसपटक भारत निक्कै दबाबमा छ । यसअघि न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको तीन खेलको टेस्ट शृङ्खलामा भारत ३–० ले पराजित भएको थियो । सन् २००० यता घरेलु मैदानमा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक थियो । अष्ट्रेलियासँगको यो टेस्ट शृंखलाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।
अस्ट्रेलियाले फाइनल पुग्न शृंखलाका बाँकी सातमध्ये पाँच जित्नुपर्नेछ । लर्डसमा आउँदो जुनमा हुने फाइनलमा पुग्न भारतले अहिलेको शृंखला ४–० ले जित्नुपर्नेछ । यी दुई देशबीचको दोस्रो खेल डिसेम्बर ६, तेस्रो खेल डिसेम्बर १४, चौथो खेल डिसेम्वर २६ र पाँचौ तथा अन्तिम खेल जनवरी ३ तारिखमा शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।