बैतडीमा महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने तयारी

 मंसिर ७, २०८१ शुक्रबार १२:२९:३५ | रासस
unn.prixa.net

बैतडी – नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने भएको छ । विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ग्राहकबाट विद्युत महसुलबापतको ८० लाख ९९ हजार तीन सय ६२ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।

८४ वटा सरकारी कार्यालयबाट  १७ लाख १९ हजार दुई सय ३५ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् ।

यस्तै अन्य चार सय ९५ ग्राहकबाट  ६३ लाख ८० हजार एक सय २६ रुपैयाँ उठाउन बाँकी रहेको प्रमुख पौडेलले बताउनुभयो । समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य शुरु भइसकेको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया