नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र जारी गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो बढेपछि शुल्क पारदर्शी बनाउन मन्त्रालयले परिपत्र जारी गरेको हो ।
परिपत्रमा अस्पतालहरूले आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न र सेवाग्राहीले सहजै जानकारी पाउने व्यवस्था गर्न भनेको छ । शल्यक्रिया शुल्क, शैय्याको विवरण, रेडियोलोजी र ल्याब सेवा तथा अन्य सेवाका शुल्कसमेत स्पष्ट रूपमा सार्वजनिक गर्न निर्देशन दिइएको छ ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा अनुगमन गरिने र शुल्क सार्वजनिक नगर्ने वा तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा नियमानुसार कारबाही हुने उहाँले बताउनुभयो ।परिपत्रअनुसार सबै प्रकारका टिकट तथा सेवाका विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।