तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै

 मंसिर ७, २०८१ शुक्रबार ७:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झण्डै तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ । पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म लिग भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय गर्दै रद्द हुँदै आएको थियो ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा गएको मङ्गलवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारी र क्लबका पदाधिकारीहरुबीचको संयुक्त बैठकले नयाँ मिति तय गरेको हो । एन्फाका अनुसार लिग आउदाे माघ १३ गतेदेखि सञ्चालन हुनेछ ।

मङ्सिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ । पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ ।  लिगका केही खेल दशरथ रङ्गशाला र बाँकी खेल एन्फा कम्पलेक्समा हुने पनि एन्फाले जनाएको छ ।


 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया