नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले बिदाई गरेपछि नेपाली टोली बेलहिया नाका हुँदै भारत प्रस्थान गरेको हो ।
हवाई जहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुग्नेछ । यसअघि पनि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको थियो, चौतर्फी आलोचनापछि नेपाल क्रिकेट सङ्घसहितका निकायको सहयोगमा टोली जहाजमा नेपाल फर्किन पाएको थियो ।
‘उहाँहरुले खासै गुनासो त गर्नुभएन तर, पैसाकै अभावमा टोली गाडी र रेलबाट पाकिस्तान जान थालेको पायौँ, यो विषयमा सरकार गम्भीर हुनुपर्ने जस्तो लाग्छ ।’ रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले उज्यालोसँग भन्नुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रगति गरेको र सेवा सुविधा पनि बढ्दै गएको अवस्थामा नेत्रहीन टोली विश्वकप खेल्नको लागि गाडी र रेलबाट अरु देशमा जानुपर्ने अवस्था सुहाउँदो नभएको थापाको भनाइ छ ।
नेपाली टोलीमा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् । चौथो संस्करणको नेत्रहीन टी–२० विश्वकप पर्सि नोभेम्बर २३ तारिखदेखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।