नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सीप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीलाई मासिक न्यूनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको 'अन द जब' का लागि पठाउने भएको छ ।
यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेशनबीच सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागकी प्रमुख समीक्षा निरौला र फाउन्डेशनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गर्नुभयो ।
गएको वर्ष महानगरपालिकाले सीप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० र इलेक्ट्रिकल भेहिकल (ईभी) मा ६० गरी एक सय जनाले एक महिने तालिम लिएका थिए । उनीहरूमध्ये ५० जनाले रोजगारीमा जान इच्छा देखाएका महानगरले जनाएको छ । यस्तै अन्यले रोजगार र स्वरोजगारमा भएको बताएका छन् ।
शहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ’ मा पठाइनेछ । यसरी पारिश्रमिकसहितको तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।सम्झौता गरेर प्रतिबद्धतालाई कार्यान्वयनमा लगिनेछ ।
अहिले महानगर र चाँगुनारायण फाउन्डेशनबीच २०८३ साल असार मसान्तसम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरले 'अन द जब ट्रेनिङ' का लागि सिफारिश गर्नेछ । यसपछि कार्यस्थलमा सीप सिक्ने प्रबन्धको संयोजन फाउन्डेशनले गर्नेछ । यसरी कार्यस्थलमा सीप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । यसमा कार्यस्थल रहेको उद्योग र फाउन्डेशनले नौ/नौ हजार रुपैयाँ प्रदान गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।