नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठमा जुवा खेलिरहेका २१ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ लसुनडाँडाको सार्वजनिक ठाउँमा सम्पत्तिको हार/जीत हुने गरी ओखरको माध्यमबाट जुवा खेलिरहेका २१ जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा सबैभन्दा धेरै काठमाण्डौका आठ जना छन् । यस्तै सिन्धुपाल्चोकका चार, काभ्रेका तीन, ओखलढुङ्गाका दुई तथा खोटाङ, नुवाकोट, दोलखा, प्यूठानका एक÷एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट पाँच लाख ६२ हजार तीन सय ५० रुपैयाँ र ओखर १३ थान बरामद गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।