बाल अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

 मंसिर ५, २०८१ बुधबार १५:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको संरक्षणका लागि परिणाममुखी काम गर्न आग्रह गरेको छ । विश्व बाल दिवसको अवसरमा विज्ञप्ति निकालेर आयोगले सबै नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई अनुरोध गरेको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा आयोगले बालबालिकाको आधारभूत अधिकारको सुनिश्चितता गर्न, बाल सहभागितासहितको अधिकारको सम्मान, सुधार गृहको व्यवस्थित रूपमा सञ्चालन गर्न तथा अन्य बालमैत्री आवश्यक कार्य गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

नेपालमा बालबालिकाको जन्मदर्ता र पहिचानमा भएको कठिनाइ, यातना, घरेलु श्रम, जोखिमपूर्ण श्रम, यौन हिंसाको शिकार, शिक्षा र स्वास्थ्यबाट वञ्चित, बालबालिका विद्यालय बाहिर हुनु, बीचैमा विद्यालय छोड्नेको सङ्ख्या नघट्नु, बेचबिखनको जोखिम, बाल न्यायको अभावलगायत समस्या देखिएको आयोगको अध्ययनले देखाएको छ ।

आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस् : बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’ भन्ने रहेको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया