'किङ अफ क्ले' राफेल नडालले सन्न्यास लिए

 मंसिर ५, २०८१ बुधबार १५:१४:४० | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

स्पेनका चर्चित टेनिस खेलाडी राफेल नडालले सन्न्यास लिएका छन् । ३८ वर्षीय नडालले मङ्गलवार डेभिस कपमा आफ्नो अन्तिम खेल खेले । यो खेलमा नडाल लगातार दुई सेटमा ६–४, ६–४ ले नेदरल्यान्ड्सका बोटिक वानसँग हार्न पुगे ।

टेनिसबाट सन्न्यासको घोषणा गर्दै राफेल नडालले २० वर्षको आफ्नो करियरमा राम्रो समय र खराम समयमा पनि आफूलाई प्रोत्साहित गरेको भन्दै समर्थकलाई धन्यवाद दिए ।

नडाललाई 'किङ अफ क्ले' मानिन्थ्यो । यद्दपि उनले सबैखाले कोर्टमा उपाधि जितेका छन् । नडालले १४ पटक फ्रेन्च ओपन जितेका छन् । उनले रोल्यान्ड गेरोसमा खेलेको १ सय १६ महत्त्वपूर्ण खेलमा १ सय १२ खेल जितेका छन् ।

पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्नेमा सर्बियाका नोभाक जोकोभिच छन् । जोकोभिचले २४ पटक ग्रान्ड स्लाम जितेका छन् । २२ पटक ग्रान्ड स्लाम जितेका राफेल नडाल दोस्रो स्थानमा छन् । यस्तै स्विट्जरल्यान्डका रोजर फेडेरेर २० पटक ग्रान्ड स्लाम जित्दै तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया