नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
तनहुँ – तनहुँको भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढी पहिरोबाट विस्थापित भएका छन् । भीमादका मेयर दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका धेरै दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् ।
विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेकाले अब उनीहरूसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने उहाँको भनाइ छ । भीमादका ३० घरका एक सय ५० जना विस्थापित भएका हुन् । उनीहरूलाई सुरक्षित ठाउँमा स्थानन्तरण गर्ने प्रयास भइरहेको छ । यस्तै बाढी पहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ ।
नगरपालिकाले खानेपानी आयोजनाको मर्मत–सम्भारका लागि विनियोजन गरेको ५० लाख रुपैयाँ अपुग भएकाले विकास–निर्माणका निम्ति छुट्याइएको रकम प्रयोग गर्नुपरेको मेयर सुवेदीले बताउनुभयो । धेरै आयोजनाको मर्मत–सम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका क्रममा रहेका उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।