दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

 मंसिर ४, २०८१ मंगलबार ९:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – ताजकिस्तानमा दुई वटा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेलेर नेपाली राष्ट्रिय टोली हिजो बेलुका स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाहलगायतले स्वागत गरे । ताजकिस्तानको डुसान्बेमा सम्पन्न फिफा विन्डो अन्तर्गत भएको खेलमा नेपालले एक जीत र एक हारको नतिजा निकालेको थियो ।

नेपाल पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो भने अर्को खेलमा अफगानिस्तानलाई २–० गोलले हराएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया