पाकिस्तानसँगको टी–२० शृङ्खलामा अस्ट्रेलियाको 'क्लिन स्वीप'

 मंसिर ३, २०८१ सोमबार १८:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकेट अस्ट्रेलिया

काठमाण्डाै – पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले शृङ्खला 'क्लिन स्वीप' गरेको हो ।

पाकिस्तानले दिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ३ विकेट गुमाएर ५२ बलअघि नै भेटायो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा नटआउट ६१ रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदी, जेहन्दाद खान र अब्बास अफ्रिदीले १/१ विकेट लिए । यो खेलमा जेहन्दादले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।

यसअघि होबर्टमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान १८ ओभर १ बलमा १ सय १७ रनमा आलआउट भयो । पाकिस्तानका बाबर आजमले सबैभन्दा धेरै ४१ रन बनाए । अस्ट्रेलियाका आरोन हार्डीले ३ विकेट लिए । अस्ट्रेलियाले पहिलो खेल २९ रन र दोस्रो खेल १३ रनले जितेको थियो ।

यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भने पाकिस्तानले २–१ ले जितेको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया