नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । त्रिदेशीय खेलअन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा बेलुका पौने ७ बजे खेल्दैछ ।
अफगानिस्तानसँग नेपालले ११ वर्षपछि फुटबल खेल्दैछ । यसअघि सन् २०१३ मा काठमाण्डौमा भएको साफ च्याम्पियनशिपमा नेपाल र अफगानिस्तानबीच खेल भएको थियो । यो खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो ।
नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज अफगानिस्तानसँग टोली संयमित भएर खेल्ने बताएका छन् । नेपाल बुधवार भएको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४ गोलले पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।