नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीलाई नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका आठ फ्रेन्चाइज टोलीले संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।
युवा टोलीले ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको सम्मानका लागि एनपीएलका आठ वटै फ्रेन्चाइज टोलीले संयुक्त रुपैयाँ १० लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
गएको बुधवार भएको १९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको थियो । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्षको जनवरी महिनामा मलेसियामा आयोजना हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।