श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ

 कात्तिक ३०, २०८१ शुक्रबार १२:८:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनले दुई तिहाइ सिट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले खसेको कुल मतमध्ये झण्डै ६३ प्रतिशतसहित संसदमा एकल बहुमत बनाएको हो । हिजो भएको मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

पछिल्लो गणनाअनुसार दिसानायकेको राष्ट्रिय जनशक्ति (एनपीपी) विपक्षी गठबन्धन समगी जन बलवेगया (एसजेबी) भन्दा धेरैले अगाडि छ । दुई सय २५ सदस्यीय संसदमा एनपीपीले अहिलेसम्म एक सय २३ सिट जितेको छ ।

श्रीलङ्काको संसदमा एक सय ९६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने २९ जना समानुपातिक प्रक्रियाबाट चयन गरिन्छ । बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया