एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – दार्चुलामा जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका सात जनामध्ये छ जनाको परिचय खुलेको छ ।
शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान ४ बजे म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार ज्यान गुमाउनेहरुमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल र २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौरका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम रहेका छन् ।
एक जनाको परिचय खुल्न सकेको छैन । घाइते छ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।
प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।