गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकैदिन ४ वटा अन्तर्राष्ट्रिय उडान

 कात्तिक २९, २०८१ बिहीबार १७:२४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी

काठमाण्डाै – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकैदिन चार वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि दैनिक १० घण्टा बन्द भएसँगै भैरहवामा उडान बढेको हो । आज कतार एअरवेज, जजिरा एअरलाइन्स, फ्लाई दुबई र थाई एअर एशियाको जहाजले भैरहवामा उडान गरेका हुन् ।

बाक्लो हुस्सुका कारण थाई एअर एशियाको जहाज भने कपिलवस्तुको आकाशमा १५ फन्का लगाउन बाध्य भएको थियो । जजिरा एअर भैरहवाबाट सिधै कुवेत उडेको छ भने बाँकी जहाज तालिका अनुसार काठमाण्डौ हुँदै यात्रु लिएर गन्तव्यतर्फ गएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया