काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
ज्वालामुखी विस्फोटका कारण निस्किएको खरानीले गर्दा इन्डोनेसियाको बालीमा हुने उडानहरू रद्द भएका छन् । ज्वालामुखीबाट उडेको खरानीको बादलका कारण उडानहरू रद्द भएका बीबीसीले जनाएको छ ।
क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बाली जाने यात्रुहरूलाई उडान अवरुद्ध भएकोबारे जानकारी गराएका छन् । लेवोताओबी लाकी–लाकी हिमालबाट उडिरहेको खरानीका कारण उडान असुरक्षित भएका हुन् ।
१० जनाको ज्यान जाने गरी ज्वालामुखी विस्फोट भएको एक हप्तापछि पनि विस्फोट भएको ठाउँबाट आकाशमा नाै किलोमिटर माथिसम्म खरानी उडिरहेको छ । ज्वालामुखीको खरानीले असर गर्न सक्ने भन्दै अस्ट्रेलियाको मौसम विभागले चेतावनी जारी गरेको छ ।
खरानीका कारण इन्डोनेसियामा दैनिक गतिविधि प्रभावित भएका छन् । ज्वालामुखी विस्फोट भएको ठाउँबाट ६ सय किलोमिटर पर रहेको लाबुआन बाजो शहरमा यस वर्षको ज्याज फेस्टिभल स्थगित गरेको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।