अफगानिस्तानका अलराउन्डर नबीले च्याम्पियन्स ट्रफीपछि ओडीआई क्रिकेटबाट सन्न्यास लिने

 कात्तिक २७, २०८१ मंगलबार १८:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एपी

काठमाण्डाै – अफगानिस्तानका अलराउन्डर मोहम्मद नबीले आउँदो वर्ष पाकिस्तानमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) बाट सन्न्यास लिने घोषणा गरेका छन् ।

अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला २–१ ले जित्दा उत्कृष्ट खेलाडी बनेका ३९ वर्षीय अलराउन्डर नबीले सन्न्यासबारे बताएका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । पछिल्लो विश्वकपपछि सन्न्यास लिने सोच बनाए पनि टिम च्याम्पियन्स ट्रफीका लागि छनोट भएकाले आफूले च्याम्पियन्स ट्रफी खेल्दा राम्रो हुने नबीले बताएका छन् ।

अफगानिस्तानबाट सबैभन्दा धेरै १ सय ६७ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका मोहम्मद नबी अहिले आईसीसी वरीयतामा विश्वको नम्बर एक एकदिवसीय अलराउन्डर छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार ६ सय रन बनाउँदै १ सय ७२ विकेट लिएका छन् ।

पछिल्लो विश्वकपमा छैटौं स्थानमा रहेर अफगानिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफीका लागि छनोट भएको हो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया