नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना सोसिडाडसँग १–० गोलले पराजित भएको हो ।
सोसिडाडका लागि सेराल्डो बेकरले ३३ औँ मिनेटमा निर्णायक गोल गरे । यसअघि बार्सिलोनाका रोवर्ट लेवान्डोस्कीले १३ औँ मिनेटमै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले मान्यता नदिएपछि विवाद भएको थियो ।
योसँगै बार्सिलोनाको सात वटा खेलसम्मको अपराजित यात्रा समाप्त भएको छ । बार्सिलोना ३३ अङ्कका साथ शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल मड्रिडको २७ अङ्क रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।