उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द भएको मौका छोपेर चर्को भाडा नलिन आग्रह गरेको छ । आज प्राधिकरणसहित सरकारी सरोकारवाला निकायको बैठकले तोकिए अनुसारको हवाई भाडा मात्र कायम जिम्मेवारी वायुसेवा सञ्चालकको हुने भन्दै वायुसेवा सञ्चालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी काम गर्नुपर्ने उल्लेख गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि उडान कटौती हुँदा एअरलाइन्सले चर्को भाडा लिइरहेका छन् ।
आज नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, प्राधिकरणका पदाधिकारीहरु तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिसमेतको उपस्थितीमा छलफल भएको हो ।
छलफलले सम्पूर्ण वायुसेवा सञ्चालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । यस्तै सबै वायुसेवा सञ्चालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको शीर्षकमा उल्लेख भए अनुसार उपभोक्तालाई मर्का पर्ने गरी हवाई अनुचित भाडा असुल गर्न नहुने प्रावधानको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।