पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले हरायो

 कात्तिक २३, २०८१ शुक्रबार १५:११:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ ।

अस्ट्रेलियाले दिएको १ सय ६४ रनको लक्ष्य पाकिस्तानले १ सय ४१ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायो । पाकिस्तानका सइम अयुबले ८२ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । यस्तै अब्दुल्लाह शफिकले नटआउट ६४ रन बनाए । अस्ट्रेलियाका एडम जम्पाले १ विकेट लिए ।

यसअघि घरेलु मैदान एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ३५ ओभरमा १ सय ६३ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका हरिस रउफले ५ विकेट लिए ।

योसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा १–१ को बराबरी भएको छ । पहिलो खेल अस्ट्रेलियाले २ विकेटले जितेको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार पर्थमा हुनेछ ।

यसपछि अस्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया