एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – यही कात्तिक २६ गतेदेखि आउँदो मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको २९औं सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले आवश्यक काम पूरा भएको जनाएको छ ।
सम्मेलनको पूर्वसन्ध्यामा हुने विभिन्न बैठकमा भाग लिन र तयारी गर्न मन्त्रालयका तीन जना सहसचिवलगायत विज्ञसहितको टोली उद्घाटनको एक हप्ताअघि नै बाकु पुगिसकेका छन् । सम्मेलनमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन मन्त्रालयले 'एजेण्डा' को प्राथमिकता निर्धारण गरेको छ ।
सम्मेलनमा मुख्यतया अनुकूलन हानि–नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास र अल्पविकसित राष्ट्रहरूको विषय प्रमुख रूपमा उठान गरिने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो ।
मन्त्रालयले यसअघिका सम्मेलन र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाएका विषय, संसदीय समितिबाट प्राप्त निर्देशन, विभिन्न चरणमा सरोकारवालासँग गरेका छलफल तथा प्राप्त सुझावका आधारमा राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थिति पत्रमा विशेषगरी हानि तथा नोक्सानी, पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखेको मन्त्री ठकुरीले बताउनुभयो ।
कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेृतत्वमा सहभागिता जनाउँदैछ । राष्ट्रपति पाैडेलले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ मा सम्बोधन गर्नुहुनेछ ।
नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाण्डाै उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढी पहिरो तथा त्यसबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।