पोखराको फेवाफाँटमा जेठोबूढो धानमा गभारोको समस्या

 कात्तिक २२, २०८१ बिहीबार १२:२१:४५ | रासस
unn.prixa.net

कास्की – पोखराको फेवाफाँटका किसानले लगाएका जेठोबूढो धानमा गभारोको समस्या भएको छ । गभारोका कारण जेठोबूढो धानको पकेट क्षेत्रका रूपमा परिचित फेवाफाँटमा एक हजार रोपनी क्षेत्रफलमा लगाएको बालीमा अन्न लागेको छैन ।

पराल पनि पशुले नखानेगरी बिग्रिएको स्थानीय किसान देवीलाल लामिछानेले बताउनुभयो । गभारो रोगले यसअघि बाली सखाप नपारेको भन्दै उहाँले रोगबारे आफूहरू अनभिज्ञ रहेकोले अहिले धेरै किसान पीडत भएका बताउनुभयो । बाली खेर गएको भन्दै किसान चिन्तित छन् ।

पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले फेवाफाँट पुगेर बाली निरीक्षण गर्दा गभारोको प्रकोप रहेको बताएको छ । समयमा जानकारी नपाउँदा क्षति घटाउन नसकेको महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया