लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको उपाधि

 कात्तिक २१, २०८१ बुधबार १५:१४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – नरेश श्रेष्ठ स्मृति १९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

विराटनगरको गिरिजाप्रसाद कोइराला मैदानमा आज भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले हरायो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३ ओभर १ बलमा १ सय १९ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका आकाश त्रिपाठीले सबैभन्दा धेरै २२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३७ ओभर ३ बलमा एक सय २७ रनमा अलआउट भयो । सुदूरपश्चिमका अभिषेक थापाले २९, नरेन भट्टले २७ रन बनाए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए ।

प्रतियोगितामा सात प्रदेश सहभागी भएकामा सुदूरपश्चिम शीर्ष र लुम्बिनी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया