बोइङका कर्मचारीले ७ हप्ता लामो हडताल अन्त्य गरे, आउँदो ४ वर्षमा ३८ प्रतिशत तलब बढ्ने

 कात्तिक २०, २०८१ मंगलबार १५:१४:३२ | एजेन्सी
unn.prixa.net

हवाईजहाज निर्माता कम्पनी बोइङका कर्मचारीले सात हप्ता लामो हडताल अन्त्य गरेका छन् । गएको सेप्टेम्बर १२ तारिखदेखि शुरू भएको हडताल आज व्यवस्थापनसँग सम्झौता भएपछि टुङ्गिएको बीबीसीले जनाएको छ ।

सम्झौताअनुसार अबको चार वर्षमा कर्मचारीको तलब ३८ प्रतिशतले बढ्नेछ । युनियनले ४० प्रतिशत तलब वृद्धि गर्न माग गरेको थियो । अन्तर्राष्ट्रिय एसोसिएशन अफ मेशिनस्ट्स एन्ड एयरोस्पेस वर्कर्स (आईएएम) युनियनले यही नोभेम्बरको १२ तारिखसम्ममा सबै कामदार काममा फर्किने जनाएको छ ।

लामो हडतालले बोइङको क्रेडिट रेटिङ्गमा गिरावट ल्याउने र ऋण प्राप्त गर्न समस्या हुने चेतावनीपछि बोइङको व्यवस्थापन कर्मचारीका माग पूरा गर्न बाध्य भएको हो । ३० हजार जना कर्मचारीको हडतालका कारण विमान उत्पादनमा व्यापक ढिलाइ भएको छ भने कम्पनीको आर्थिक सङ्कट झनै बढेको छ ।

विगतका केही महिनाहरू व्यवस्थापन र कामदार सबैका लागि कठिन भए पनि अब एउटै टिमका सदस्यका रूपमा तीव्र गतिमा काम हुने बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले बताउनुभएको छ । खराब आर्थिक अवस्थाबाट गुज्रिएको बोइङ कम्पनी कर्मचारीको हडतालका कारण झनै समस्यामा छ ।

पछिल्लो तीन महिनामा मात्रै बोइङ कम्पनी ४० अर्ब डलर घाटामा रहेको छ । गएको हप्ता कम्पनीले २० अर्ब डलरभन्दा धेरै मूल्य बराबरको शेयर बिक्री शुरू गरेको छ । गएको महिना बोइङ कम्पनीले १७ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यससम्बन्धी थप निर्णय र सूचना यसै महिनाको मध्यसम्ममा जारी हुने खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया