रूसले गुगललाई विश्वको जीडीपीभन्दा धेरै जरिवाना तोक्यो

 कात्तिक १६, २०८१ शुक्रबार १८:३२:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रूसको अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ । गुगलले रूसका १७ वटा सञ्चारमाध्ययमका च्यानललाई युट्युब प्रतिबन्ध लगाएको मुद्दामा अदालतले गुगललाई २० डेसिलियन अमेरिकी डलर बराबरको जरिवाना तोकेको हो ।

यसलाई अङ्कमा लेख्दा दुई पछि ३६ वटा शून्य लेख्नुपर्छ । अर्थात रुसले गुगललाई ३७ अङ्कको जरिवाना तोकेको बीबीसीले जनाएको छ । यो रकम विश्वको कुल ग्राहस्थ उत्पादन जीडीपीभन्दा पनि धेरै हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वको जीडीपी एक सय १० ट्रिलियन डलर छ । रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमिट्री पेस्कोभले तोकिएको जरिवाना उच्चारण गर्न नसकिने तर गुगल प्रशासनको ध्यानाकर्षण हुनुपर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

सन् २०२० देखि नै रूसी च्यानललाई प्रतिबन्ध लगाउन शुरू गरेको गुगलले युक्रेन युद्धपछि धेरै युट्युब च्यानलहरूमा समेत प्रतिबन्ध लगाएको थियो । केही समयअघि रूसी अदालतले प्रतिबन्ध लगाएका च्यानलहरूलाई फुकुवा गर्न आदेश दिएको थियो । तर फुकुवा नगरेपछि जरिवाना तोकेको हो ।

नौ महिनाभित्र जरिवाना नतिरेमा हरेक हप्ता जरिवाना दोब्बर बढाउने अदालतले चेतावनी दिएको छ । अदालतको फैसलामा जरिबाना रकम तिरिसकेपछि मात्रै रूसी बजारमा गुगललाई प्रवेश दिने उल्लेख छ । गुगलले अहिले रूसीमा कुनै पनि प्रकारको व्यापार गर्दैन । सन् २०२२ मा रूसीले युक्रेनमा आक्रमण शुरु गरेपछि गुगलले रुसमा आफ्ना सबै गतिविधि बन्द गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया