इजरायल र लेबनानबीच सम्झौताको मस्यौदा तयार

 कात्तिक १५, २०८१ बिहीबार ९:२७:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायल र लेबनानबीच सम्झौताको मस्यौदा तयार भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी जनाएको छ । इजरायल र लेबनानबीच हुने सम्झौताको मस्यौदा सार्वजनिक पनि भएको छ । यो मस्यौदा अमेरिकाले तयार पारेको हो । सम्झौता भएमा इजरायल र लेबनानको सैन्य सङ्गठन हिजबुल्लाहबीचको लडाईँ अन्त्य हुनेछ ।

अमेरिकी राजदूत एमोस होचस्टेनले तयार पारेको यो मस्यौदाबाट इजरायलको युद्ध मन्त्रिपरिषद् सन्तुष्ट रहेको र यसलाई स्वीकार गर्ने सम्भावना उच्च रहेको समाचारमा उल्लेख छ ।  मस्यौदा अनुसार सम्झौतामा हस्ताक्षर भएको सात दिनभित्र इजरायलले दक्षिणी लेबनानबाट आफ्ना सेना फिर्ता लिनुपर्नेछ, जसको पर्यवेक्षण अमेरिका र अरू देशहरुले गर्नेछन् ।

यस्तै लेबनानले दक्षिणी लेबनानमा ६० दिनभित्र कुनै पनि अनौपचारिक सैन्य समूहलाई निशस्त्र पार्नुपर्नेछ । यस्तै लेबनानले आफ्नो क्षेत्रमा हतियारको बिक्री र उत्पादनको अनुगमन गर्नुपर्नेछ र हिजबुल्लाह वा अन्य सशस्त्र समूहमा हतियारको पहुँच पुग्न नदिनुपर्ने उल्लेख छ । सम्झौतापछि लेबनानी सेना र संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) मात्रै दक्षिणी लेबनानमा रहनुपर्नेछ ।

लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले पनि केही दिनमै इजरायलसँग युद्धविराम हुने आशा व्यक्त गर्नुभएको छ । हिजबुल्लाहले इजरायलमा आक्रमण गरेपछि अहिले इजरायलको सेनाले लेबनानी भूमिमै प्रवेश गरे आक्रमण गरिरहेको छ । पछिल्लो एक महिनामा मात्रै इजरायलको आक्रमणबाट २८ सय जनाभन्दा धेरै लेबनानीको ज्यान गएको छ । मिसाइल र रकेटले लेबनानका सयौँ भौतिक संरचना ध्वस्त भएका छन् । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया