साफ महिला फुटबलमा नेपाल–बङ्गलादेशबीच हुने फाइनल खेलको टिकट बिक्री रोकियो

 कात्तिक १३, २०८१ मंगलबार ६:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत भोलि हुने फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भोलि बेलुका साढे ६ बजे हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एन्फाले जनाएको छ । अस्ति आइतवार भएको दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शकको सङ्ख्या रङ्गशालाको क्षमताभन्दा बढी भएको थियो ।

त्यसैले  खेलाडी एवम् दर्शकको सुरक्षाका लागि तत्कालका लागि टिकट बिक्री स्थगन गरेको एन्फाको भनाइ छ । साफको टिकेटिङ अधिकारप्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालीले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतत्य बुझेर मात्र टिकट बिक्री खोलिने एन्फाले जनाएको छ ।

यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जवाफदेही नहुनेसमेत एन्फाले जनाएको छ ।


 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया