रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा पाउने

 असोज २३, २०८१ बुधबार १६:१६:४३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् ।

नाेबेल पुरस्कार छनाेट समितिले वाशिङ्टन विश्वविद्यालयका डेभिड बेकरलाई कम्प्युटेसनल प्रोटिन डिजाइनका लागि र गुगल डिपमाइन्डका डेमिस हसाबिस तथा जोन एम जम्परलाई प्रोटिनको स्ट्रक्चर प्रेडिक्सनका लागि पुरस्कार दिने निर्णय गरेको बीबीसीले जनाएको छ ।

रसायनशास्त्रतर्फ अहिलेसम्म एक सय १६ पटक नोबेल पुरस्कार दिइएकोमा एक सय ९७ जनाले पाएका छन् । दुई जना वैज्ञानिक दुई/दुई पटक पुरस्कृत भएका छन् ।

नोबेल पुरस्कार समितिले अस्ति चिकित्साशास्त्रतर्फ र हिजो भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो । अब भोलि साहित्य, पर्सि शुक्रवार शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया