उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
चिया श्रमिकहरूले भारतको दार्जिलिङ बन्द गरेका छन् । बन्दका कारण यातायात, विद्यालय, कार्यालयलगायतको सेवा प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दशैँ, तिहार र दुर्गा पूजाका लागि खाइपाइ आएको तलब सुविधामा २० प्रतिशत बोनस वृद्धि गर्न माग राखेर दुई हप्तादेखि आन्दोलन गरिरहेका श्रमिकहरूले आज दार्जिलिङ बन्दको आह्वान गरेका हुन् । श्रमिकले दैनिक २ सय ३२ भारतीय रुपैयाँ ज्याला पाउँछन् । पश्चिम बङ्गाल सरकारले आफूहरूको सामान्य माग पूरा गर्न पनि अग्रसरता नदेखाएको श्रमिकहरूको गुनासो छ ।
चिया बगानको सम्पूर्ण स्वामित्व पश्चिम बङ्गाल सरकारको अधिनमा छ । त्यसैले बगान सञ्चालन, जमिनको प्रयोग र श्रम सम्झौताहरूमा राज्य सरकारले नियामक भूमिका खेल्दै आएको छ ।
दार्जिलिङमा ८७ वटा चिया बगान छन् । केही दिनदेखि सबै बगानमा काम रोकिएको भारतीय सञ्चारमाध्यम 'द हिन्दू' ले जनाएको छ । श्रमिक आन्दोलित हुँदा हजारौं टन गुणस्तरीय चिया खेर जाने अवस्थामा पुगेको छ ।
दार्जिलिङ ब्रान्ड चिया विश्वभर लोकप्रिय मानिन्छ । भारतको चिया बोर्डका अनुसार दार्जिलिङबाट मात्रै वार्षिक झन्डै ७० लाख किलो चिया उत्पादन हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।