श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
इरानले आफ्नो क्षेत्रको शान्ति र सुरक्षाको उद्देश्यका साथ इजरायलमा मिसाइल आक्रमण गरेको प्रतिक्रिया दिएको छ । साथै पछिल्लो आक्रमण आफ्नाे क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग बदलाको भावमा प्रस्तुत नहुन इजरायललाई चेतावनीसमेत दिएको छ ।
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आक्रमणलाई इरानी स्वार्थ र नागरिकको प्रतिरक्षाका लागि इजरायललाई दिइएको एउटा निर्णायक जवाफ भन्नुभएको छ । उहाँले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सम्बोधन गर्दै इरानसँग युद्धको उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरायल पक्षले बुझ्नुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।
हिजो इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि तेहरानका सडकमा खुशीयाली मनाइएको थियो । उनीहरूले इरान र हिज्बुल्लाहको झण्डा तथा शुक्रवार इजरायलको आक्रमणमा मारिएका हिज्बुल्लाहका पूर्वनेता हसन नस्रल्लाहको तस्बिर बोकेका थिए ।
इरानको आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायलप्रति अमेरिकी साथ निरन्तर रहेको कुरा दोहोर्याउनुभएको छ । फ्रान्स र जापानले सबै पक्षलाई अवस्था थप चर्काउने काम नगर्न आग्रह गरेका छन् । इरानले इजरायलमा हिजो ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको हो ।
इजरायली सेनाको दाबीअनुसार इरानले पछिल्लो पटक एक सय ८० वटाभन्दा धेरै मिसाइल प्रहार गरेको छ । तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी छ ।
ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।