एन्फा महिला फुटबल लिगमा बाग्मती युथ क्लबले कर्णाली प्रदेशलाई हरायो

 असोज ६, २०८१ आइतबार १८:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला फुटबल लिगमा बाग्मती युथ क्लबले कर्णाली प्रदेशलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाग्मतीले कर्णालीलाई १–० गोलले हराएको हो । बराबरीतर्फ गएको खेलको इन्जुरी समयको पनि अन्तिम मिनेटमा गोल गरेर बाग्मती विजयी भएको हो ।

बाग्मती ७ खेलमा ७ अङ्कसहित तालिकाको सातौँ स्थानमा पुगेका छ भने समान ७ खेल खेलेको कर्णाली ४ अङ्कसहित नवौँ स्थानमा छ । यो खेलसँगै लिगको सातौँ चरण पुरा भएको छ । १० टोली सहभागी प्रतियोगितामा तीन विभागीय टोली–सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शीर्ष तीनमा छन् । ७ खेलमा अङ्क जोड्न नसकेको सुदूरपश्चिम प्रदेश पुछारमा छ । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया