असोजमा पनि घट्यो बैंकको ब्याजदर

 भदौ ३१, २०८१ सोमबार १०:४३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाणडौ – वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो ।

भदौमा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६ दशमलव ५४ प्रतिशत रहेकोमा असोजमा ६ दशमलव ३० प्रतिशतमा झरेको छ । २० वटा वाणिज्य बैंकमध्ये ९ ओटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका हुन् ।

आठ वटा बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई असोजमा पनि निरन्तरता दिएका छन् । नेपाल र कृषि विकास बैंकले भने असोज महिनाका लागि ब्याजदर बढाएका छन् ।

एनएमबी बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन् ।

प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टड, लक्ष्मी सनराइज, हिमालयन बैंक र सिद्धार्थ बैंकले ब्याजदर स्थिर राखेका छन् ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया