एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेकपा माओवादीको शसस्त्र युद्धलाई हिंसा भन्ने कि नभन्ने विषयमा विवाद हुँदा प्रतिनिधिसभाको आजको बैठक पनि बस्दै नबसी स्थगित भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने नेकपा माओवादी केन्द्रको अडानपछि आजको बैठक बस्दै नबसी स्थगित भएको छ ।
आज दिउँसो १ बजेको लागि बोलाइएको बैठक सहमति खोज्न भन्दै सभामुख देवराज घिमिरेले दिउँसो २ बजे र सवा तीन बजेको लागि सार्नुभएको थियो । तर बैठक शुरु नै नभई भोलि दिउँसो १ बजेको लागि आह्वान भएको छ ।
आजको संसद् बैठक खुलाउन बिहान सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको थियो । तर माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध नखोल्ने अडान राख्नुभएको थियो ।
माओवादीको संसदीय दलको बैठकले नै माओवादी हिंसा भन्ने शब्द संसदको रेकर्डबाट नहटेसम्म बैठक चल्न नदिने निर्णय गरेको छ । आजै बिहान सभामुख घिमिरेलाई भेटेर हितराज पाण्डे, जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्ति बस्नेत लगायतका माओवादी नेताले एकपक्षीय नबन्न र प्रमुख प्रतिपक्षी दलको कुरा पनि सुन्न आग्रह गरेका छन् ।
सभामुखले एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाउनु एकपक्षीय भएको भन्दै माओवादीले असहमति जनाएको हो । एमालेका सचिव योगश भट्टराईले गएको भदौ १२ गतेको प्रतिनिधि सभामा बोल्दा माओवादीको सशस्त्र युद्धलाई हिँसा भनेपछि विवाद शुरु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।