एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट हिजो फेरि १९ अर्ब रुपैयाँ निक्षेप तानेको छ । बजारमा कर्जाको माग बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ । त्यसैले राष्ट्र बैंकले हिजो २१ दिनका लागि १९ अर्ब रुपैयाँ निक्षेप तानेको हो ।
चालू आर्थिक वर्षको दुई महिना नपुग्दै राष्ट्र बैंकले दुई खर्ब ८० अर्ब रुपैयाँ निक्षेप तानेको छ । भदौको १२ गते मात्र राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । यसअघि राष्ट्र बैंकले यही भदौको २ गते एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । यस्तै गएको साउन २३ गते ४० अर्ब, साउनको १० गते एक अर्ब १० करोड, साउनको १६ गते ४० अर्ब, साउनको ९ गते ४० अर्ब र साउनको २ गते ५० अर्ब रुपैयाँ राष्ट्र बैंकले निक्षेप सङ्कलन गरेको थियो ।
सरकारले आन्तरिक ऋण पनि उठाइरहेको छ । तर पनि बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम रोकिएको छैन । बजारमा नयाँ कलकारखाना नखुल्दा र पुराना उद्योग कलकारखानाले क्षमता विस्तार नगर्दा बैंक तथा वित्तीय संस्थाले क्षमताअनुसार ऋण प्रवाह गर्न सकेका छैनन् । अहिले बैंक तथा वित्तीय संस्थामा झन्डै पाँच खर्ब रुपैयाँ अधिक तरतला रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।