एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
सर्लाही – सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग गरिने मेशिनसहित आठ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाण्डाैकाे चन्द्रागिरी नगरपालिका–१५ घर भएका सौगात थापा मगर, काठमाण्डाैकाे कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने विजय लामा, ललितपुरको कुपन्डोल बस्ने सन्जय राना मगर, भक्तपुरको चाँगुनारायण नगरपालिका बस्ने अमिर खत्री रहेका छन् । यस्तै सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनी गाउँ बस्ने जनार्दन सिंह, रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने विशाल राई, भारतकाे सीतामढीका राजिव ठाकुर र भारतकै मेजरगन्ज बस्ने सुबाेध कुमार प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
यसअघि पनि प्रहरीले सर्लाहीका विभिन्न ठाउँबाट नक्कली नोट बनाउनेहरूलाई पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।