शेयर बजार १ सय ११ अङ्कले घटेर २८ सय विन्दुभन्दा तल

 भदौ ११, २०८१ मंगलबार १५:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले घटेको छ । अस्ति झन्डै ८० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घटेको छ । यस्तै रिडी पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले ओरालो लाग्दा र अन्य पाँच वटा कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय ३० वटा कम्पनीका चार करोड ३८ लाख कित्ता शेयर १८ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया