३ हजार विन्दुलाई छोएर फर्किएको नेप्से सामान्य बढ्यो, कारोबार रकम घट्यो

 भदौ ५, २०८१ बुधबार १५:२७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज समान्य बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बजार खुलेको ४ मिनेटमै नेप्से तीन हजार दुई विन्दुमा पुगे पनि बन्द हुने बेलामा टिक्न सकेन ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिपर्पाेज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन कर्णाली विकास बैंक समूहको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । गएको आइतवार झन्डै २९ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा आज तीन सय ३७ वटा कम्पनीका चार करोड १४ लाख कित्ता शेयर १८ अर्ब ९० करोड रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया