दाङमा अनुचित लेनदेनको आरोपमा सात जना पक्राउ

 साउन २५, २०८१ शुक्रबार १३:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ  – अनुचित लेनदेन (मिटर ब्याज) को आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुई पुरुष र पाँच महिला गरी सात जनालाई पक्राउ गरेको छ ।

मिटर ब्याज तोकेर मानसिक तनावसमेत दिएको भन्दै १० जनाले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । पीडितहरूले सात जनाविरुद्ध विभिन्न २४ वटा मुद्दा दर्ता गरेका छन् ।

पीडितहरूलाई सङ्गठित गरेर न्यायिक प्रक्रियामा पठाइएको नागरिक बचाउ अभियानका राप्ती संयोजक कुलबहादुर डाँगीले बताउनुभयो । उहाँले घोराहीकै अरू दुई जना महिलाले थप २५ जनालाई अनुचित रूपमा ठगी गरिरहेको पाइएकाले मुद्दाको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया